सोमवार, पुस २९, २०८१

कार्यवाहकको भरमा राष्ट्रिय स्वतन्त्र पार्टी


कान्तिपथ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यबाहकको भरमा चल्ने भएको छ । स्थापनाको छोटो अवधिमा जनताको विश्वास जित्न सफल भएको रास्वपामा अहिले सभापतिदेखि महामन्त्री र प्रवक्तासम्म कार्यवाहक रहेका छन् ।

सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरणको मुद्दा दायर भएपछि कार्यवाहक सभापतिको जिम्मा उपसभापति डोल प्रसाद अर्यालले पाएका छन् । लामिछाने गत कार्तिक २ गतेदेखि नै कास्की प्रहरीको हिरासतमा छन् ।

त्यस्तै, रास्वपाको महामन्त्री र प्रवक्तासमेत कार्यवाहक रहेका छन् । संस्थापक महामन्त्री एवं प्रवक्ता डा.मुकल ढकाललाई पार्टीले कारबाही गरेको थियो । अहिले कार्यवाहक महामन्त्रीको भूमिकामा कविन्द्र बुर्लाकोटी छन्, उनी सह–महामन्त्री हुन् । त्यस्तै सह–प्रवक्ता मनिष झाले कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा रहेका छन् ।

सभापति लामिछाने २ महिनाभन्दा लामो समयदेखि प्रहरी हिरासतमा रहेपनि उनले कसैलाई कार्यवाहक दिएका थिएनन् । अहिले लामिछानेविरुद्ध मुद्धा दर्ता भएपछि र संघीय संसदले उनलाई संसद पदबाट निलम्बन गरेपछि मात्र उपसभापति डिपी अर्याललाई कार्यवाहकको जिम्मेवारी दिएका हुन् ।

सभापति लामिछाने पक्राउ परेदेखि नै रास्वपाको राजनीतिक गतिबिधि शुन्य प्राय: रहेको छ । आगामी बैशाखमा महाधिवेशन गर्ने तयारी गरेको रास्वपा अहिले अभिभावक बिहिन बनेको अहिलेका उसका गतिबिधिले सजिलै बुझ्न सकिन्छ । हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा काठमाडौँमै उम्मेदवारी सम्म दिन नसकेको अवस्थाले रास्वपाको संगठानिक गतिबिधिको केन्द्र लामिछाने नै हुन् र उनको अनुपस्थितिमा रास्वपा अगाडी बढ्न नसक्ने देखिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत