सोमवार, पुस २९, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • छुट्टै राहदानी बनाउने कुक टापुको प्रस्ताव न्युजील्याण्डबाट अस्वीकार

छुट्टै राहदानी बनाउने कुक टापुको प्रस्ताव न्युजील्याण्डबाट अस्वीकार


कान्तिपथ


प्रशान्त महासागरमा अवस्थित कुक टापुले आफ्ना नागरिकका लागि छुट्टै राहदानी बनाउन न्युजिल्यान्ड सरकारलाई प्रस्ताव गरेको थियो, जसलाई न्यूजिल्याण्ड सरकारले अस्वीकार गरेको छ ।

कुक टापुहरू एक स्व-शासित टापु राष्ट्र हो जुन न्यूजील्याण्डको ‘स्वतन्त्र संघ’ हो । न्यूजील्याण्ड कुक टापुहरूको विदेश मामिला र रक्षाको लागि जिम्मेवार छ । कुक टापुका नागरिकहरूले न्यूजील्याण्डमा त्यहाँ बस्न, काम गर्न र स्वास्थ्य सेवाहरू प्रयोग गर्न सक्छन् ।

कुक टापुका प्रधानमन्त्री मार्क ब्राउनले मानिसहरूलाई आफ्नो पासपोर्ट पहिचानको लागि राख्न आग्रह गरेका थिए । तर न्युजिल्यान्डले कुक टापु पूर्ण रूपमा स्वतन्त्र नभएसम्म यो सम्भव नहुने बताएको छ ।

मार्क ब्राउनले कुक टापुका नागरिकहरूको लागि छुट्टै राहदानी र नागरिकताको लागि महिनौंदेखि दबाब दिइरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । लगभग एक लाख कुक टापुका मानिसहरू न्यूजील्याण्डमा बस्छन्, जबकि लगभग १५ हजार कुक टापुहरूमा बस्छन् ।

न्युजिल्यान्डमा कम्तिमा एक वर्षसम्म लगातार बसेका मानिसहरूले न्युजिल्यान्डको चुनाव र जनमत संग्रहमा भाग लिन वा मतदान गर्न पनि सक्छन् । रिपोर्टका अनुसार छुट्टाछुट्टै नागरिकताको विषयलाई लिएर दुईबीच तनाव बढ्दै गएको छ । पछिल्ला महिनाहरूमा दुई देशका नेताहरूले धेरै पटक वार्ता गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत