आइतवार, माघ ६, २०८१

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी निर्वाचित


कान्तिपथ


नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।

इटहरीमा सम्पन्न भएको नेपाल जेसीजको ५१ औं महाधिवेशनबाट थापा विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जीवन कार्कीलाई ३०९ को मतान्तरले पराजित गर्दै थापा निर्वाचित भएकी हुन् ।

महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास भएपनि सहमति हुन नसकेपछि निर्वाचन भएको थियो ।

अध्यक्षको लागि थापा र कार्कीसहित रश्मी शिल्पकार, विजय गुरुङ, नरेश चन्द्र ओझा र सुनिल तिम्सिना प्रतिस्पर्धाका आकांक्षी थिए ।

अध्यक्ष पदमा ५ जना आकांक्षी भएपनि गएराति २ जनाबीच चुनावी प्रतिस्पर्धा भएको हो ।

थापाले ७६२ मत प्राप्त गर्दा कार्कीले ४५३ मत मात्र प्राप्त गरे ।

कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, सुमित्रा भट्टराई, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत