आइतवार, माघ ६, २०८१

अर्जुन बयान दिन प्रहरी कार्यालयमा हाजिर


कान्तिपथ


भारतका सुपरस्टार अभिनेता अल्लु अर्जुन सन्ध्या थिएटर भागदौड प्रकरणमा बयान दिन प्रहरी चौकी पुगेका छन् ।

डिसेम्बर ४ मा हैदरावादमा ‘पुष्पा २’ को स्क्रिनिङका क्रममा भागदौड हुँदा एक महिलाको मृत्यु भएको र उनका छोरा गम्भीर घाइते भएको विषयमा अभिनेता अल्लु अर्जुनसँग प्रहरीले आज बयानका लागि बोलाएको थियो ।

यस मामिलामा अभिनेता अल्लु अर्जुन पक्राउ समेत परेका थिए । तर, एक दिन जेलमा बिताएपछि भोलिपल्ट बिहान धरौटीमा छुटेका थिए ।

अल्लु अर्जुनको जुबली हिल्स निवास बाहिर कडा सुरक्षा व्यवस्था गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बक्स अफिसमा हाल पुष्पा-२ ले शानदार कमाई गरिरहेको भएपनि अभिनेता अल्लु अर्जुनलाई भने कानुनी झमेलामा पारेको छ ।

यसैबीच निर्माण पक्षले मृतक महिलाका परिवारलाई ५० लाख सहयोग गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत