आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • शेख र उनको परिवारमाथि ५ अर्ब डलर हिनामिना गरेको आरोपमा छानबिन शुरु

शेख र उनको परिवारमाथि ५ अर्ब डलर हिनामिना गरेको आरोपमा छानबिन शुरु


कान्तिपथ


काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको समस्या अन्त्य हुने देखिएको छैन । मोहम्मद युनुसको सरकारले उनीमाथि लगातार नयाँ आरोप लगाउँदै आएको छ । अब बंगलादेशको भ्रष्टाचार विरोधी आयोग (एसीसी) ले हसिना र उनको परिवारविरुद्ध करिब ५ अर्ब डलर हिनामिना गरेको आरोपमा अनुसन्धान सुरु गरेको छ ।

ढाका ट्रिब्यूनका अनुसार हसिनामाथि राजधानी ढाकाबाट १६० किलोमिटर टाढा रुपपुरमा रुसी डिजाइन गरिएको आणविक उर्जा केन्द्रमा हिनामिना गरेको आरोपमा जाँच शुरु भएको छ ।

रुसको सरकारी कम्पनी रोजाटमले निर्माण गरिरहेको यो प्लान्टमा भारतीय कम्पनीको पनि हिस्सेदारी रहेको छ । केही दिनअघि बंगलादेशको उच्च अदालतले एसीसीलाई यस मामिलामा किन निष्क्रियता देखाएको भन्दै प्रश्न गरेपछि हसिनाविरुद्ध छानबिन सुरु गरिएको छ ।

शेख हसिना, उनका छोरा सजीब वाजेद जोय, बहिनी रेहाना र भतिजी ट्यूलिप सिद्दिकलाई यस मुद्दामा आरोपी बनाइएको छ । उनले हिनामिना गरेको रकम मलेसियाको बैंकमा ट्रान्सफर गरेको आरोप छ ।

मिडिया रिपोर्टका अनुसार टुलिप सिद्दिक, शेख रेहाना र अन्यले मनी लाउन्डरिङ गरिएको रकमको ३० प्रतिशत कमिसन पाएको आरोप छ । शेख हसिना हाल भारतमा बस्छिन्, उनका छोरा अमेरिकामा र भतिजी बेलायतमा छन् । यद्यपि शेख रेहनाको बारेमा अहिलेसम्म कुनै पुष्टि भएको छैन ।

यसअघि सोमबार बंगलादेशले शेख हसिनालाई फिर्ता पठाउन भारतसँग माग गरेको थियो । बंगलादेशका विदेश सल्लाहकार तौहिद हुसेनले पनि यस सम्बन्धमा पत्र पठाएका छन् । तौहिद हुसेनले बंगलादेश सरकारले पूर्वप्रधानमन्त्रीलाई फेरि कानुनको सामना गर्न चाहेको बताउँछन्।

शेख हसिनाका छोरा सजीब वाजेदले यो मागलाई लिएर युनुस सरकारको आलोचना गरेका छन् । उनले लेखे यसले न्यायलाई बाइपास गर्छ र अवामी लीगका नेताहरूमाथि आक्रमणलाई बढावा दिने बताएका छन् ।

बंगलादेशमा कूपछि बनेको युनुस सरकारले हसिनाविरुद्ध हत्या, अपहरणदेखि देशद्रोहसम्मका २२५ भन्दा बढी मुद्दा दर्ता गरेको छ । योसँगै बंगलादेश सरकारले भारतमा रहँदा हसिनाले दिएको अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध बिगार्ने चेतावनी दिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत