आइतवार, माघ ६, २०८१

धर्मपुत्रलाई यौन दुर्व्यवहारको आरोपमा सय वर्षको जेल सजाय


कान्तिपथ


काठमाडौँ । अमेरिकाको जर्जिया राज्यमा एक समलिङ्गी दम्पतीलाई आफ्ना धर्मपुत्र सन्तानलाई दुई वर्षसम्म यौन दुर्व्यवहार गरेको आरोपमा सय वर्षको जेल सजाय सुनाइएको छ ।

गत साता सुनाइएको सजायमा यी दुई अभियुक्तलाई प्यारोल दिने प्रावधान पनि खारेज गरिएको मिडिया रिपोर्टमा उल्लेख छ । अभियुक्तले केही वर्षअघि क्रिस्चियन विशेष आवश्यकता एजेन्सीबाट अहिले १२ र १० वर्षका दुई बच्चाहरूलाई धर्मपुत्र लिएका थिए ।

न्युयोर्क पोस्टका अनुसार जिल्ला न्यायधिवक्ता र्यान्डी म्याकगिन्लेले दुवै अभियुक्त विलियम जुलक (३४) र जाचरी जुलक (३६) को घर बालबालिकाका लागि डरको घर भएको बताए । उसले आफ्ना अन्धकार इच्छाहरूलाई सबै र सबै भन्दा माथि राख्यो ।

यी व्यक्तिहरूले आफ्ना साथीहरूसँग बालबालिकाको यौन दुर्व्यवहारको तस्विर र भिडियोहरू पनि साझा गरेका थिए । आरोपितले आफूमाथि लगाइएका सबै आरोप स्वीकार गरेका छन् ।

सञ्चारमाध्यमका अनुसार आरोपितले बालबालिकालाई दिनहुँ यौनसम्पर्क गर्न बाध्य तुल्याउँथे । उनले छोराछोरीलाई अन्य दुई व्यक्तिसँग सम्बन्ध राख्न पनि बाध्य पारेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले त्यसको भिडियो बनाएर पोर्नोग्राफी र्‍याकेट चलाउने गिरोहलाई बेच्ने गर्थे ।

यो कुरा दुई वर्षअघि सार्वजनिक भएको थियो, जब प्रहरीले सन् २०२२ मा यी बालबालिकाको भिडियो डाउनलोड गर्दै पोर्नोग्राफी र्याकेट चलाउने व्यक्तिलाई पक्राउ गरेको थियो । यसपछि उनले प्रहरीलाई यी दुई अभियुक्तले कसरी आफ्नो घरमा रहेका बालबालिकाको अश्लील भिडियो बनाएर बेच्ने गरेको बताएका थिए । यसपछि उनलाई पक्राउ गरिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत