आइतवार, माघ ६, २०८१

सन्नीको बैंक खातामा सरकारी योजनाको एक हजार आएपछि…!


कान्तिपथ


काठमाडौँ । बलिवुड अभिनेत्री सन्नी लियोनीको नाममा छत्तीसगढमा बैंक खातामा सरकारी योजनाबाट पैसा जम्मा भएको पाइएको विषय भारतमा अहिले चर्चामा रहेको छ ।

छत्तीसगढको बीजेपी सरकारको महत्वाकांक्षी ‘महातारी वन्दन योजना’ अन्तर्गत सन्नी लियोनीको नाममा बैंक खातामा मासिक एक हजार रुपैयाँ जम्मा गरिँदै आएको पाइएपछि यो विषय अहिले चर्चामा रहेको छ ।

राज्य सरकारको वेबसाइटमा रेकर्ड गरिएका विवरणहरूका अनुसार माओवादी प्रभावित बस्तरको तलुर आंगनवाडीमा यस नाममा आवेदन दायर गरिएको थियो । यस खातामा मासिक एक हजार रुपैयाँ दिइने गरेको विषय बाहिर आएको छ ।

यो विषय बाहिर आएपछि सन्नी लियोनीले पनि प्रतिक्रिया दिएकी छन् । उनले भनेकी छन्- ‘महिलालाई सशक्तिकरण गर्न र सुविधा दिन ल्याइएको योजनाको यसरी दुरुपयोग भएको थाहा पाउँदा दुःख लागेको छ । म यसको निन्दा गर्छु र यस विषयमा अनुसन्धान गर्न अधिकारीहरूलाई मेरो पूर्ण समर्थन छ ।’

मिडिया रिपोर्टका अनुसार सन्नी लियोनीको नाममा यस योजनाको दुरुपयोग गरिएको पाइएको यस विषयले राजनीतिक रंग पाएको छ ।

यो विवरण सार्वजनिक भएपछि कांग्रेसले सरकारलाई निशाना बनाएको छ । छत्तीसगढमा कांग्रेस पार्टीले आफुहरुले यो योजना भ्रष्टाचारको योजना हो भनेर भन्दै आएको र यस योजनाको फाइदा खाँचोमा परेका मानिसहरूसम्म नपुग्ने भन्दै आलोचना गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत