आइतवार, माघ ६, २०८१

नेपाललाई भारत र चीनबाट हेप्ने र मिच्ने कुरा भयो : बास्कोटा


कान्तिपथ


नेपाली भूमि लिपुलेकमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने बारे भारत र चीनबीच सहमति भएपछि नेपालमा यसको विरोध शुरु भएको छ ।

भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबिच डिसेम्बर १८ मा चीनको बेइजिङमा भएको छलफलमा भारतबाट कैलाश मनोसरोवार यात्रा फेरि सुरुवात गर्ने सहमति भएको थियो । नेपालको भूमिबारे नेपाललाई नै थाहा नदिई दुई देशले गरेको सहमतिबारे नेपालमा पनि विभिन्न प्रश्न उठ्न थालेका छन् ।

यसैबीच भारत र चीनबीचको सहमतिप्रति सत्तारुढ दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपाललाई हेपिएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- ‘शक्ति र स्वार्थको सामु सम्बन्धको वर्लिनवाल सजिलै ढल्दो रहेछ । लिपुलेक भारत र चीनले नेपाललाई वास्तै नगरी प्रयोग गर्ने सहमति गरेको खबर साँचो हो भने यो नेपाललाई हेप्ने र मिच्ने कुरा भयो । हात्तीहरु जुध्दा पनि पिरती लाउँदा पनि हामी नै पेलिनु पर्नेहरु सम्प्रभुता साना–ठूला सबै देशको बराबर ।’

भारतको विदेश मन्त्रालयले सार्वजनिक गरेअनुसार कोरोना महामारीका कारण सन् २०२० देखि रोकिएको कैलाश-मानसरोवर तीर्थयात्रु आवागमनलाई पुनः निरन्तरता दिने सहमति दुई देशबीच भएको उल्लेख छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत