आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • शुक्लाफाँटा आरक्षको एक हजार बिघा जमिनमा भारतको अतिक्रमण, तुरुन्त जाँच होस् : खनाल

शुक्लाफाँटा आरक्षको एक हजार बिघा जमिनमा भारतको अतिक्रमण, तुरुन्त जाँच होस् : खनाल


कान्तिपथ


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय पक्षले कञ्चनपुरको दक्षिणी सीमा स्तम्भ २७ र २८ को बीचमा रहेको एक हजार बिघा जमिन कब्जा गरेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

करिब ६६७ हेक्टर जमिन भारतीयले कब्जा गरेर खेतीपातीसमेत गरिरहेको कुरा जानकारीमा आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै यस विषयमा तुरुन्त कदम चाल्न सरकारसँग माग गरेका छन् ।

खनालले अतिक्रमण भएको क्षेत्रमा तत्काल शक्ति सम्पन्न निरीक्षण टोलीका साथै प्रहरी प्रशासन पठाउन र भारत सरकारसँग वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत