सोमवार, पुस २९, २०८१

पाण्डे र तिम्सिनामाथिको कारवाहीपछि एमाले भित्र खैलाबैला


कान्तिपथ


काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई कारवाही गरेपछि पार्टी भित्र विरोध शुरु भएको छ ।

सामाजिक संजालमा प्रतिक्रिया दिदै पूर्वमन्त्री डा. विमला राई पौडेलले यो गलत भएको टिप्पणी गरेकी छन् । उनले नेकपा एमाले बनाउने इमानदार पिलरको नाम बिन्दा पाण्डे भएको र बच्चै देखि पार्टीको सिपाही उषाकिरण रहेको प्रतिक्रिया दिएकी छन् । उनले मनका कुरा खुल्ला जनमानसमा राख्दा कारवाहीमा पर्नु हुदैन भनेकी छन् ।

उनले भनेकी छन्- ‘यो गलत भयो । नेकपा एमाले बनाउने इमानदार पिलरको नाम हो बिन्दा पाण्डे । बच्चै देखि पार्टीको सिपाही उषाकिरण। मनका कुरा खुल्ला जनमानसमा राख्दा कारवाहीमा पर्नु हुदैन ।’

बुधबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले पार्टीको केन्द्रिय कार्यालय बनाउन मिनबहादुर गुरुङबाट जग्गा दान लिएको विषयमा टिप्पणी गरेको विषयमा केन्द्रीय सदस्यद्वय बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरेको थियो ।  

एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको सचिवालय बैठकको निर्णय को जानकारी दिदै पाण्डे र तिम्सिनालाई यस विषयमा अघिल्लो बैठकले स्पष्टीकरण सोधेको र दुवैले आफ्नो गल्ति स्वीकार नगरेकोले दुवैलाई ६ महिनाका लागि जिम्मेवारीबाट निलम्बन गरिएको बताए ।

दुवैले एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायीबाट दान लिने पार्टी निर्णयको विरोध गर्दै पार्टीका सदस्यबाट पैसा उठाएर कार्यालय बनाउनुपर्ने बताएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत