काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको नयाँ फिल्म सिकन्दरको टिजर लन्च स्थगित भएको छ ।
आज सलमान खानको ५९औं जन्मदिनको अवसरमा उनको नयाँ फिल्म सिकन्दरको टिजर रिलिज हुन लागेको थियो ।
फिल्मका निर्माताले भारतीय प्रधानमन्त्री मनमोहन सिंहको निधनका कारण आज टिजर रिलिज नगर्ने जानकारी दिएका छन् । अब फिल्मको टिजर शनिबार बिहान ११: ०७ मा रिलिज हुने भएको छ ।
फिल्ममा सलमान खानका अलावा रश्मिका मण्डना, सुनिल सेट्टी, शर्मन जोशी, काजल अग्रवाल, प्रतिक बब्बर लगायतको अभिनय रहेको छ ।
फिल्मलाई एआर मुरुगाडोसले निर्देशन गरेका हुन् । फिल्म करिब चार सय करोडको लागतमा बनाइएको बताइएको छ । फिल्म इदमा रिलिज हुने छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ