आइतवार, माघ ६, २०८१

म्यासेडोनिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ


कान्तिपथ


काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा खोटाङ केपीलासगढी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख ९१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत