आइतवार, माघ ६, २०८१

एमाले निकट नेपाल खेलकुद महासंघले आफ्नै भवन बनाउने


कान्तिपथ


नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कार्यालय बानेश्वरमा सम्पन्न भएको छ । 

बैठकले महासंघको आफ्नै भवन निर्माण गर्ने  निर्णय गरेको छ ।  महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षता तथा नेकपा एमाले महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बैठक भएको हो ।

बैठकमा पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकाल, पार्टी पोलिटब्युरो सदस्य सुजिता शाक्य, पार्टी केन्द्रीय सदस्य तथा खेलकुद महासंघ इन्चार्ज जेएन थपलिया लगायतको सहभागिता थियो । 

बैठकले पदाधिकारी बैठकको निर्णय अनुमोदन गर्नुका साथै दसौँ बृहत् राष्ट्रिय खेलकुद, राष्ट्रिय संघ र ओलम्पिक कमिटी, महासंघका घटक संघ व्यवस्थित गर्ने,  सामाजिक सञ्जालमा नीति र नेता रक्षा तथा सकारात्मक जनचेतना मूलक अभियान सञ्चालन, वडा तहसम्म राजनीतिक वैचारिक प्रशिक्षण सञ्चालन, जनतासँग जनसंगठन विशेष अभियान तथा  प्रदेश र जिल्ला कमिटीका अधिवेशन सम्बन्धमा छलफल भएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत