सोमवार, पुस २९, २०८१

अखिल क्रान्तिकारी सम्मेलनमा उपत्यका बाहिरबाट मतदान गर्न मिल्ने


कान्तिपथ


नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उमेर हद सम्बन्धी विवादको टुंगो मतदानबाट टुंग्याउने भएको छ ।

गत असोजमा भएको २३औं सम्मेलन उमेर हद विवादले बीचमै स्थगित भएको थियो ।

२३ र २४ मंसिरमा गर्ने गरी त्यसबेला समय तोकिए पनि सम्मेलन हुन सकेन । ३२ वर्षे उमेर हदको पक्ष/विपक्षका लागि शनिबार मतदान हुने निर्वाचन समितिले जानकारी गराएको छ ।

उमेर हदमा मतदान भइसकेपछि दोस्रो चरणमा नयाँ नेतृत्वका लागि मतदान हुनेछ ।

नयाँ नेतृत्व र उमेर हद टुंगो लगाउन काठमाडौं बाहिरबाट पनि मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

उमेर हदका लागि ८ प्रदेश कार्यालय र २ वटा विश्वविद्यालय कमान्ड प्रतिनिधि हुने निर्वाचन समितिले जनाएको छ ।

भूगोल र गैरभूगोल गरी ८६ स्थानबाट उमेर हदमा निर्णय लिन मतदान हुने भएको छ ।

नयाँ नेतृत्वका लागि भूगोल र गैरभूगोल गरी ९ प्रदेश स्तरीय मतदान केन्द्र रहने निर्वाचन समितिले जानकारी गराएको छ ।

उमेर हदका लागि १३ पुस बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुनेछ । १७ पुसमा ११ बजेदेखि ४ बजेसम्म नयाँ नेतृत्वका लागि मतदानको समय तोकिएको छ ।

दोस्रो चरणमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत मुक्ति नारायण प्रधानले जानकारी गराए । नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ताको समय १५ पुसको समय तोकिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत