आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • दुर्गालाई रिहा गर्ने सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने

दुर्गालाई रिहा गर्ने सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने


कान्तिपथ


काठमाडौँ । दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा पुस ५ मा सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश गरेका थिए ।

सो आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको महान्यायाधिवक्ताको कार्यालय स्रोतले खरीबोटलाई जानकारी दिएको छ ।

साइबर सम्बन्धी कसुरमा ४० हजार धरौटीमा छुटेपछि प्रसाईंलाई फेरी म्याद थप गर्न अदालतमा उपस्थित गराएको थियो ।

उनीविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिश्चन्द्र फुयाँलसँग प्रसाईंको ‘कनेक्सन’ देखिएपछि प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत