सोमवार, पुस २९, २०८१

फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त


कान्तिपथ


काठमाडौँ । सिमोस सुनुवारको निर्देशनमा बन्न लागेको फिल्म ‘जन्ते बाख्रो’को शुभमुहूर्त गरिएको छ । कमलादीस्थित गणेश मन्दिरमा क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गर्दै मुहूर्त गरियो ।

फिल्ममा जोडीको रुपमा देखिन लागेका अभिनेता सौगात मल्ल र अभिनेत्री गरिमा शर्माले मुहूर्त सट दिएका थिए । यो उनीहरुको पहिलो सहकार्य हो । फिल्मको छायांकन यही पुष २० गतेबाट सुरु हुनेछ ।

कमेडी कथावस्तुमा बन्न लागेको फिल्ममा सौगात र गरिमासहित आशिफ शाह, रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको पनि अभिनय रहनेछ । केही दिनदेखि फिल्मको वर्कसप चलिरहेको छ । यस फिल्ममा प्रदीप भारद्वाजको लेखन छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्न लागेको ‘जन्ते बाख्रो’को निर्मातामा सन्तोष गौतम छन् । फिल्मलाई हरि हुँमागाईंले छायांकन गर्ने जिम्मेवारी पाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत