आइतवार, माघ ६, २०८१

रुसमा जनसंख्या घटेपछि ४ सन्तान जन्माउन अफर


कान्तिपथ


काठमाडौं । जापानदेखि चीनसम्म जन्मदर तीव्र गतिमा घटिरहेको छ । वृद्धवृद्धाको संख्या बढ्दै गएकाले काम गर्ने युवाको अभाव छ । यी देशहरूले युवाहरूलाई सन्तान जन्माउन विभिन्न प्रकारका सुविधा दिइरहेका छन्। पैसा पनि बाँडिएको छ तर जन्मदर बढाउन निकै मुश्किल भइरहेको छ ।

यसैबिच, रुसको एक प्रान्तले आफ्ना नागरिकलाई अनौठो अफर दिएको छ । पश्चिमी रुसको निजनी नोभगोरोड ओब्लास्ट प्रान्तले युवाहरुलाई ४–४ सन्तान जन्माउन अपिल गरेको छ । स्थानिय सरकारले प्रत्येक बालबालिकालाई १० लाख रुबल दिने बताएको छ । रुसको निज्नी नोभगोरोड ओब्लास्ट प्रान्तका गभर्नर ग्लेब निकितिनले यो प्रस्तावको घोषणा गरेका हुन, ‘४–४ सन्तान जन्माउनुहोस्, झोलाभरी पैसा बोकेर जानुहोस्’ उनले भनेका छन । जुन युद्ध अध्ययन संस्थानको प्रतिवेदनमा प्रकाशित भएको छ।

रुसमा जन्मदर पनि निकै कम छ । हाल यहाँ जन्मदर प्रति महिला १.५ बच्चा छ तर यो निकै कम भएको सरकारको विश्वास छ । अहिलेको जनसङ्ख्यालाई कायम राख्ने हो भने प्रति महिला जन्मदर २.१ अनुपातमा बच्चाको जन्म हुनुपर्छ । सरकारले यसलाई कायम राख्न विभिन्न प्रोत्साहन दिएको छ । रुस दुई वर्षदेखि युक्रेनसँगको युद्धमा फसेको छ । त्यहाँ युद्धमा धेरै जवान सैनिक मारिएका छन्। गोलाबारुदका कारण अरु धेरैको हताहत पनि भएको छ ।
यस कारण, रूसको जनसंख्या द्रुत रूपमा घटेको छ। प्रतिवेदनका अनुसार सेप्टेम्बर २०२४ मा रुसको जनसङ्ख्या पछिल्लो २५ वर्षमा सबैभन्दा न्यून स्तरमा पुगेको छ। यो तथ्यांकबाट रूसी सरकार थप तनावमा परेको छ । रुस जुन अवस्थाबाट गुज्रिरहेको छ, त्यसलाई सैन्य बलको नितान्त आवश्यकता छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले जनसांख्यिकीय गिरावटलाई ठूलो चुनौतीको रूपमा वर्णन गरेका छन्। त्यसैले सरकारले अफर दिन थालेको छ । समाचार अनुसार पहिलो र दोस्रो बालबालिकाको लागि पैसा केन्द्र सरकारले नै दिनेछ। तेस्रो र चौथो बालबालिकालाई प्रदेश सरकारले पैसा दिनेछ । सबैभन्दा ठूलो कुरा यो हो कि यसका लागि कुनै शर्त राखिएको छैन। यो अफर १८ देखि २३ वर्ष उमेरका केटीहरूका लागि मात्र उपलब्ध गराइएको छ ।

यसै अन्तर्गत रुसको राजधानी मस्कोमा पनि कार्यक्रम आयोजना गरिएको थियो । रुसी स्वास्थ्यमन्त्री येभगेनी शेस्टोपालोभले पहिले नै मानिसहरूलाई बढी बच्चा जन्माउन सल्लाह दिइसकेका छन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत