काठमाडौँ । सर्वोच्च अदालतमा आज सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ ।
पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाहरूको सुनुवाइ स्थगित भएको हाे।
बस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बताए ।
सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ भएका छन् ।
आज बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि गरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ