आइतवार, माघ ६, २०८१

बक्सिङ डे टेस्टमा अस्ट्रेलियालाई ३३३ को अग्रता


कान्तिपथ


मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्ट म्याचको चौथो दिनको खेल सकिएको छ । दोस्रो इनिङ्समा अस्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको छ । पहिलो इनिंगमा १०५ रनको अग्रता लिएको अस्ट्रेलियाले ३३३ रनको कुल अग्रता बनाएको छ ।

अस्ट्रेलियाका लागि नाथन लियोन र स्कट बोल्याण्ड अहिले क्रिजमा छन् । अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गरेको पहिलो इनिङ्समा ४७४ रन बनाएको थियो । पहिलो इनिङ्समा ब्याटिङ गरेको भारतीय टोलीले ३ सय ६९ रन मात्रै बनाउन सकेको थियो ।

भारतका लागि उत्कृष्ट ब्याटिङ गर्दै नितिश रेड्डीले आफ्नो पहिलो टेस्ट शतक बनाए र ११४ रन बनाए।

अस्ट्रेलियाको दोस्रो इनिङ्समा भारतीय कप्तान जसप्रित बुमराहले ४ विकेट लिएका छन् । योसँगै जसप्रित बुमराह टेस्ट क्रिकेटमा सबैभन्दा छिटो २०० विकेट लिने पहिलो भारतीय फास्ट बलर बनेका छन् ।

अष्ट्रेलियाका लागि मार्नस लाबुस्चेनले दोस्रो इनिङ्समा सर्वाधिक ७० रन बनाएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत