बिहिबार, माघ ३, २०८१

प्रियंकाको ‘ममी’को टिजर रिलिज


कान्तिपथ


आगामी माघ २५ गतेबाट प्रदर्शनको तयारीमा रहेको हरर फिल्म ‘ममी’को टिजर सार्वजनिक गरिएको छ । टिजरले फिल्मको कथावस्तुबारे जानकारी गराउँछ । एउटा घरमा कुकुरको मृत्युपछि कालो विरालो पाल्दा श्रृंखलाबद्ध रुपमा परिवारमा निम्तिने विपत्तिलाई टिजरमा देखाइएको छ ।

समर निरौलाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा प्रियंका कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, प्रकाश बन, शिवांश सिलवाल लगायतको अभिनय छ । सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक निरौला र पूर्णिमा जोशीको लेखन रहेको छ ।

फिल्मका निर्माता लोकराज जोशी र पूर्णिमा जोशी तथा कार्यकारी निर्माता सुमन कोइराला हुन् । निशाल पौडेल र शरद महतोको छायांकन रहेको फिल्मलाई सुरेन महर्जनले सम्पादन गरेका हुन् । फिल्मको गीतमा एसडी योगीको संगीत छ भने रोहित शाक्यको पार्श्व ध्वनी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत