सोमवार, पुस २९, २०८१

अस्ट्रेलियाले भारतलाई दियो ३४० रनको लक्ष्य


कान्तिपथ


काठमाडौँ । मेलबर्नमा जारी बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई ३४० रनको लक्ष्य दिएको छ ।

टेस्टको पाँचौं दिन अस्ट्रेलिया दोस्रो इनिंगमा २३४ रनमा अल आउट भएसँगै भारतले बक्सिङ डे टेस्ट जित्न ३४० रनको लक्ष्य पाएको छ । अस्ट्रेलियाले पहिलो इनिंगमा १०५ रनको अग्रता हासिल गरेको थियो ।

यस अघि पहिलो इनिंगमा अस्ट्रेलियाले ४७४ रन बनाएको थियो भने भारतले ३६९ रन बनाएको थियो ।

३४० रनको लक्ष्य पछाएको भारतले यो समाचार तयार गरुन्जेल ३ विकेट गुमाएर ६० रन बनाएको छ ।

जारी सिरिजमा दुवै टिम १-१ को बराबरीमा रहेको छ । पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जितेको थियो । त्यस्तै तेस्रो टेस्ट बराबरी भएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत