आइतवार, माघ ६, २०८१

अखिल क्रान्तिकारीमा उमेर हद लागु हुने, नेतृत्व चयनको निर्वाचन सर्यो


कान्तिपथ


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) मा उमेर हद लागु हुने भएको छ ।

शनिबार भएको मतदानमा करिव १७८९ सय मत खसेको थियो भने १७७९ मत सदर भएको छ । शनिबार ७७ भौगोलिक र अरू गैरभौगोलिक गरी ८६ जिल्लामा निर्वाचन भएको थियो । परिणामअनुसार ३२ वर्षे उमेर हद लगाउनुपर्ने पक्षमा ९०० र विपक्षमा ८७९ मत परेको घोषणा गरिएको छ । निर्वाचन समितिले उमेर हद लगाउने पक्षमा २१ मत बढी परेको जानकारी दिएको छ ।

क्रान्तिकारीको अध्यक्षका लागि दाबी गरिरहेका नेताहरु उमेर हद लागू भए कोही पनि पदाधिकारी बन्न नपाउने भएका छन् ।

गत असोज १० गतेदेखि काठमाडौंको कीर्तिपुरमा आयोजित अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन उमेर हदको विषयमा विवाद चर्किँदा नेतृत्व चयन नगरी स्थगित गरिएको थियो । राष्ट्रिय सम्मेलनमा ३२ वर्षे उमेर हद लागू हुनुपर्ने विषय उठेको थियो ।

त्यसमा सहमति नजुटेपछि मंसिर २३ गते नेतृत्व चुन्ने भन्दै सम्मेलन स्थगित गरिए पनि विवादका कारण रोकिएको थियो ।

अब अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्न माघ १२ गते निर्वाचन हुने भएको छ । यसका लागि आज मनोनयन दर्ता माघ ५ गते हुने जानकारी निर्वाचन समितिले दिएको छ । यस अघि नेतृत्व चयनको निर्वाचन पुष १७ गते गर्ने बताइएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत