बिहिबार, माघ ३, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाई ३ लाख घुस रकमसहित पक्राउ

राष्ट्रिय किताबखानाका शाखा अधिकृत प्रसाई ३ लाख घुस रकमसहित पक्राउ


कान्तिपथ


काठमाडौँ । राष्ट्रिय किताबखाना (शिक्षक), छाउनी मार्ग तहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत धनेश्वर प्रसाई ३ लाख घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रसाईले पेन्सनपट्टा बनाईदिने प्रयोजनार्थ सेवाग्राहीसँग तीन लाख घुस लिइसकेको अवस्थामा उक्त रकमसहित निजको कार्यकक्षबाट आइतबार पक्राउ गरेको जानकारी दिएको छ ।

अख्तियारले प्रसाईलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत