बिहिबार, माघ ३, २०८१

वेस्ट ह्यामविरुद्ध लिभरपुलको फराकिलो जित


कान्तिपथ


काठमाडौँ । लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्यामलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले वेस्ट ह्यामलाई ५-० गोल अन्तरले पराजित गरेको हो । लिभरपुलको जितमा लुइस डियाज, कोडी गाक्पो, मोहमद सलाह, ट्रेन्ट अलेक्जाण्डर आर्नोल्ड र डिओगो जोटाले एक एक गोल गरेका थिए ।

यो जितपछि लिभरपुलको १८ खेलमा ४५ अंक भएको छ र लिगको शिर्ष स्थानमा रहेको छ । लिभरपुलले हाल दोस्रो स्थानमा रहेको नोट्टीङघम प्यालेसको भन्दा ८ अंकले अगाडी रहेको छ । यद्यपी लिभरपुलले एक खेल कम खेलेको छ ।

त्यस्तै गरि वेस्ट ह्यामको भने १९ खेलमा २३ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत