सोमवार, पुस २९, २०८१

बिदेशमा उपचार गर्न जान मानेनन बैधले, तीन चार दिनमा डिस्चार्ज हुने


कान्तिपथ


काठमाडौं, १६ पुस । क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यले बिदेशमा उपचार गर्न अस्विकार गरेका छन् ।

बिगत १६ दिनदेखि शिक्षण अस्पतालमा उपचाररत बैधले बिदेशमा उपचार गर्न अस्विकार गरेको उनको उपचारमा सहयोगी भुमिका खेलिरहेका नेता हरिभक्त कडेँलले बताए ।

हरेक वर्ष दम बल्झिएपछि उपचारका लागि विदेश जाने शुभेच्छुकले दिएको सुझावलाई महासचिव वैद्यले अस्विकार गरेको उनको भनाइ छ ।  ‘यहीँ नेपाल राम्रा र दक्ष चिकित्सकहरू हुनु हुदोँरहेछ, उपचारका लागि नै भनेर किन विदेश जानुपर्‍यो भनेर उहाँले कुरा गरे पछि यहीँ उपचार गरिरहेका छौं,’ उनले सञ्चारकर्मीसँग भने ।

दम बढेपछि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा दुइ हप्ता बढी समय देखी उपचार गरिरहेका छन। उनलाई दमसँगै निमोनिया देखिएपछि ५ दिनदेखि आईसीयूमा राखेर उपचार गरिरहेको कँडेलले जानकारी बताए । उनका अनुसार पार्टीले वैद्यको उपचारका लागि कँडेलको संयोजकत्वमा समिति नै गठन गरेर काम गरिरहेको छ । 

कडेँलका अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै नै सुधार भइरहेको छ । उनका अनुसार यही अवस्था रहेमा चार–पाँच दिनपछि डिस्चार्ज गरिनेछ । डा. निरज बमको टिमले वैद्यको उपचार गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत