बिहिबार, माघ ३, २०८१

म्यानचेस्टर युनाइटेड छोड्दै क्यासेमिरो


कान्तिपथ


काठमाडौँ । ब्राजिलका मिडफिल्डर क्यासेमिरोले म्यानचेस्टर युनाइटेड छोड्ने बताइएको छ । जनवरीको खेलाडी ट्रान्सफर विन्डोमा क्यासेमिरोले म्यानचेस्टर युनाइटेड छोड्न सक्ने ब्राजिलको मिडिया आउटलेर युओलले उल्लेख गरेको छ ।

म्यानचेस्टर युनाइटेडमा खराब प्रदर्शन पछि क्यासेमिरोले नयाँ क्लबमा नयाँ शुरुवात गर्न खोजेको रिपोर्टमा उल्लेख छ । २०२२ मा म्यानचेस्टर युनाइटेड आएका क्यासेमिरोले अहिलेसम्म क्लबका लागि १०४ खेल खेलेका छन् ।

क्यासेमिरोलाई साउदी लिगमा भित्र्याउन साउदी अरेबियाको पब्लिक इन्भेस्टमेन्ट फण्डले चासो देखाएको बताइएको छ । यस फण्डको साउदी क्लबहरु अल हिलालसहित अल नासर, अल इत्तिहाद, अल अहली र अल एत्तिफाकमा लगानी रहेको छ ।

यद्यपी साउदी प्रो लिगका क्लबमा हाल विदेशी खेलाडीको कोटा खाली नरहेकोको कुनै खेलाडीलाई बिक्री गरेर या लिगको दर्ताबाट हटाएर क्यासेमिरोलाई भित्र्याउने तायरी भएको रिपोर्टमा उल्लेख छ ।

खराब प्रदर्शनका कारण म्यानचेस्टर युनाइटेडमा क्यासेमिरोले प्लेइङ सेटमा स्थान समेत नियमित पाउन संघर्ष गरिरहेका कारण उनले जनवरी विन्डोमै क्लब छोड्ने सोचाइ बनाएको बताइएको छ ।

३२ बर्षिय भेट्रान खेलाडी क्यासेमिरोले यस अघि रियल म्याड्रिडमा नौं सिजन खेलेका थिए भने रियल म्याड्रिडलाई पाँच च्याम्पियन्स लिग जिताउदा टिमका महत्वपूर्ण सदस्य थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत