सोमवार, पुस २९, २०८१

अर्थ मन्त्रालय चिनियाँ ह्याकरको निशानामा


कान्तिपथ


काठमाडौँ । अमेरिकी अधिकारीहरूले चिनियाँ सरकार प्रायोजित ह्याकरहरूले अमेरिकी ट्रेजरी डिपार्टमेन्टको प्रणाली ह्याक गरेको बताएका छन् ।

विभागले ह्याकरहरूले कर्मचारीहरूको कार्यस्थल र केही कागजातहरूमा पहुँच गरेको बताएको छ । चीनले ती आरोपहरूलाई अस्वीकार गर्दै ‘निराधार’ भएको बताएको छ ।

यो घटना डिसेम्बरको शुरुवाती दिनमा भएको बताएको छ । अर्थ विभागले सिनेटरहरुलाई पत्र लेखेर यसबारे जानकारी दिएपछि यो जानकारी सार्वजनिक भएको हो ।

अमेरिकी एजेन्सीले यस चोरीलाई ‘ठूलो घटना’ भनेका छन् । यस घटनाको प्रभावको अनुसन्धान गर्न एफबीआई र अन्य एजेन्सीहरूसँग काम भइरहेको पनि बताए ।

राजधानी वासिङ्टन डीसीमा रहेको चिनियाँ दूतावासका प्रवक्ताले यो आरोप ‘निन्दनीय आक्रमण’ को हिस्सा भएको र ‘कुनै तथ्यविना’ गरिएको बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत