बिहिबार, माघ ३, २०८१

बुद्धि फिल्म निर्माणमा, ‘कुस्ती’ को घोषणा


कान्तिपथ


काठमाडौँ । कलाकार बुद्धि तामाङले फिल्म निर्माण गर्ने भएका छन्। सोमबार तमु ल्होसारको अवसर पारेर फिल्म ‘कुस्ती’ निर्माण गर्ने घोषणा गरिएको हो ।

अनिल योञ्जनको लेखन तथा निर्देशनमा तयार हुने चलचित्र कुस्तीमा अभिनेता तामाङसँगै धीरज मगर र अभिनेत्री मिरुना मगरले अभिनय गर्नेछन्। चलचित्रको सार्वजनिक गरिएको पोस्टरमा कलाकारको आवरण चरित्रअनुसार राखिएको कलाकार तामाङले जानकारी दिए ।

यस दिल्म्मा कलाकार तामाङलाई चलचित्र निर्माणमा निर्देशक योञ्जनले सघाउने भएका छन् । सम्बन्धमा रहेको जोडीको प्रेममा आउने उतारचढाव नै मुख्य विषयमा फिल्म बन्न लागेको उनले बताए।

काठमाडौँ रिच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट, मोफसल एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्ने चलचित्रको छायाङ्कन आउँदो फागुनमा हुने बताइएको छ । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा तयार हुने उक्त चलचित्र आउँदो वर्ष २०८२ भदौमा प्रदर्शन हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत