दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न पुर्जी जारी भएको छ ।
डिसेम्बर ३ मा मार्शल ल लगाउने उनको प्रयासलाई लिएर सोलको एउटा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
मार्शल ल लगाएको विषयमा यूनमाथि विद्रोह र देश द्रोहको अभियोगमा कयौं अनुसन्धान भइरहेको अनि विगत दुई हप्तामा सोधपुछका लागि भएको बोलावटलाई यूनले वेवास्ता गरेकै समयमा पक्राउ पुर्जी जारी भएको छ ।
आइतबार राति अनुसन्धानकर्ताहरूले राजद्रोह गरेको अनि शक्ति दुरुपयोग गरेको अभियोगमा यूनलाई पक्राउ गराउन खोजेका थिए ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ