बिहिबार, माघ ३, २०८१

आइभरी कोस्टबाट फ्रान्सेली सेना फर्किने


कान्तिपथ


आइभरी कोस्टले फ्रान्सेली सेना चाँडै देश छोड्ने घोषणा गरेको छ ।

देशका राष्ट्रपति अलासेन ओउटाराले यो घोषणा गरेका हुन् ।

राष्ट्रपतिले यो कदमले देशको सशस्त्र बलको आधुनिकीकरणलाई देखाएको बताए । नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

आइभरी कोस्टमा फ्रान्सेली सैनिकहरू दशकौंदेखि उपस्थित छन्। पश्चिम अफ्रिकी देश आइभरी कोस्टमा फ्रान्सको औपनिवेशिक शासन सन् १९६० मा समाप्त भएको भएपनि फ्रान्सेली सैनिकहरू अहिलेसम्म उपस्थित रहेका छन् ।

सेनेगलले पनि गत महिना फ्रान्सले आफ्नो भूमिमा रहेका आफ्ना सैन्य अड्डाहरू बन्द गर्ने घोषणा गरेको थियो । यो काम सन् २०२५ को अन्त्यसम्ममा सम्पन्न हुनेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत