आइतवार, फाल्गुन २४, २०८२

नवनियुक्त ५ देशका राजदूतले लिए पद तथा गोपनियताको शपथ


गणेश विक


काठमाडौँ । नवनियुक्त पाँच देशका राजदूतहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।

राजदुतहरुले राष्ट्रपतिको कार्यालय, महाराजगञ्‍जमा आयोजित एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजदूत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ लिने राजदुतहरुमा प्रकाशमणि पौडेल (गणतन्त्र पोर्चुगल), प्रा.डा. कपिलमान श्रेष्ठ (गणतन्त्र दक्षिण अफ्रिका), सेवा लम्साल (बेल्जियम), डा. नेत्र प्रसाद तिम्सिना (मलेसिया) र सुम्निमा तुलाधर (डेनमार्क) रहेका छन् ।

सो अवसरमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत