आइतवार, माघ ६, २०८१

इतिहासकै सबैभन्दा ठूलो विस्फोटक पदार्थ बरामद


कान्तिपथ


काठमाडौँ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआई (फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन) ले भर्जिनियाको एक फार्ममा छापा मार्दा १५० वटा बम बरामद गरेको जनाएको छ ।

यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो विस्फोटक बरामद हो । आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । एफबीआईलाई उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी प्राप्त गरेको थियो ।

अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको असुरक्षित झोलामा ‘नो लाइभ म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

वास्तवमा, ‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधीको सन्दर्भमा प्रयोग गरिन्छ । ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत