काठमाडौँ । सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला अदालतमा उपस्थित भएकी छन् ।
बुधबार बयानका लागि कोइराला उच्च अदालत विराटनगरमा उपस्थित भएकी हुन् ।
उनी अदालतमा हाजिर भएसँगै कोइरालाको थुनछेक बहस सुरू हुने तयारी छ ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा उनीसहित २५ जनाविरुद्ध उच्च अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिइन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ