आइतवार, माघ ६, २०८१

हिजो मंगलबारको भूकम्पबाट नेपालमा २२ लाख बराबरको क्षति


कान्तिपथ


काठमाडौँ । मंगलबार बिहान चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रविन्दु भई गएको भूकम्पबाट नेपालमा पनि क्षति भएको विवरण आउनेक्रम जारी रहेको छ ।

नेपाल प्रहरीका अनुसार भूकम्पमा प्रभावित भएका ११ को उद्धार गरिएको र काठमाडौं र काभ्रेमा एक–एकजना घाइते भएका छन् ।

यस्तै अहिलेसम्म भूकम्पबात एक घर पूर्ण रुपमा क्षति भएको छ भने १७ घर आंशिक क्षति भएको छ । त्यस्तै एक विद्यालय, २ प्रहरी कार्यालय, रामेछापमा एउटा गोठ तथा २ सरकारी कार्यालयमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ । यस भूकम्पबाट अहिलेसम्म २२ लाख २५ हजार बराबरीको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।

यस भूकम्पबाट चीनमा भने अहिलेसम्म १३५ जनाको मृत्यु भएको छ भने १८८ भन्दा बढी घाइते भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत