आइतवार, माघ ६, २०८१

चीनमा भूकम्प : १२६ जनाको मृत्यु


कान्तिपथ


काठमाडौँ । मंगलबार बिहान आएको शक्तिशाली भूकम्पका कारण चीनमा १२६ जनाको मृत्यु भएको छ ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पका कारण चीनमा अहिलेसम्म १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन् ।

भूकम्पको केन्द्रविन्दु रहेको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा करिब ७ हजार मानिस बढी प्रभावित भएको सिन्ह्वाले उल्लेख गरेको छ । त्यस्तै अहिलेसम्म भूकम्पबाट ३६ सय भन्दा बढी घर भत्किएको, ४०७ जनाको सकुशल उद्धार गरिएको प्रभावित ३० हजार भन्दा बढीलाई सुरक्षित ठाउमा सारिएको रिपोर्टमा उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी जीङपीङले भूकम्प प्रभावितको तत्काल उद्धार र राहत गर्न निर्देशन दिएको सिन्ह्वाले जनाएको छ । त्यस्तै चिनियाँ सेनाले ड्रोनको सहयोग लिएर प्रभावितको आँकडा संकलन गरिरहेको रिपोर्टमा उल्लेख छ । अहिलेपनि राहत र उद्धारको काम जारी रहेको र मृतकको संख्या अझै बढ्नसक्ने मिडिया रिपोर्टमा उल्लेख छ ।

चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपाल सहित भारतसम्म महसुस गरिएको थियो ।

दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको क्षेत्र हो । भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी नेपालका जिल्लाहरुमा महसुस गरिएको थियो । भूकम्पको धक्का २० देखि ३० सेकेन्डसम्म महसुस गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत