बिहिबार, माघ ३, २०८१

बागमती प्रदेश खेलकुद परिषदमा ६ सदस्य नियुक्त


कान्तिपथ


काठमाडौं । बागमती प्रदेश खेलकुद विकास परिषद्को रिक्त ६ सदस्य नियुक्त भएका छन् ।

गत मंगलबारको मन्त्रीस्तरिय निर्णयअनुसार परिषदका रिक्त पदमा ६ जना सदस्य नियुक्त गरिएको हो ।

 प्रदेशको सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले खेलकुद संघ संस्थाबाट भागबन्डा अनुसार एमाले कोटाबाट दोलखाकी अन्जना शिवाकोटीलाई, खेल विज्ञका रुपमा ललितपुरकी दिपा क्षेत्री र अपांगता कोटामा काभ्रेका गोविन्दलाल श्रेष्ठ तथा कांग्रेस कोटाबाट खेलकुद संघ संस्थाबाट मकवानपुरका अमृत लुङ्वा, खेल विज्ञबाट सविन भट्चार्य र सिन्धुपाल्चोकका राजन धिताललाई नियुक्त गरेकी हुन ।

 यसअघि गत १० मंसिरमा प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकबाट चारजना सदस्य नियुक्त भएका थिए । जसअनुसार रवि महर्जन, कल्पना खड्का, नविना खनियाँ र सविन श्रेष्ठ नियुक्त गरिएको थियो ।

 तर, नियुक्त भएको ४५ दिनसम्म उनीहरुको सपथ हुन नसके पनि अब सपथ हुन सक्ने जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत