बिहिबार, माघ ३, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • अमेरिकाको लस एन्जलसमा लागेको आगलागीबाट अहिलेसम्म ५ जनाको मृत्यु

अमेरिकाको लस एन्जलसमा लागेको आगलागीबाट अहिलेसम्म ५ जनाको मृत्यु


कान्तिपथ


काठमाडौँ । अमेरिकाको लस एन्जलसमा लागेको आगलागीमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

मिडिया रिपोर्टका अनुसार आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ ।

लस एन्जलस काउन्टी अग्नि नियन्त्रक प्रमुख एन्थोनी म्यारोनका अनुसार इटनको आगो अहिले १५,८०० एकडसम्म बढेको छ र यो अझै नियन्त्रणमा आएको छैन । उनले भने, ‘दुर्भाग्यवश पाँच जना नागरिकको मृत्यु भएको छ र केही घाइते भएका छन्। अहिलेसम्म एक हजारभन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् वा पूर्ण रूपमा ध्वस्त भएका छन् ।’

एरिजोना सहित क्यालिफोर्निया बाहिरका अधिकारीहरू अग्नि नियन्त्रकहरूलाई सहयोग गर्न आएका छन् ।

लस एन्जलसको जंगलमा लागेको आगो निरन्तर फैलिरहेको छ। आगो फैलिने खतरालाई ध्यानमा राख्दै यहाँ आपतकालीन अवस्था घोषणा गरिएको छ र मानिसहरूलाई सतर्क रहन चेतावनी दिइएको छ ।

अहिलेसम्म यस आगलागीबाट एक लाख ३० हजार भन्दा बढी मानिस प्रभावित भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत