आइतवार, माघ ६, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • सहमति तोडेर निकुञ्जले सगरमाथा क्षेत्रमा उडान खुलाएको भन्दै खुम्बु गापाको आपत्ति

सहमति तोडेर निकुञ्जले सगरमाथा क्षेत्रमा उडान खुलाएको भन्दै खुम्बु गापाको आपत्ति


कान्तिपथ


काठमाडौं । सर्वपक्षीय सहमति विपरीत सगरमाथा राष्ट्रिय निकुञ्जले सगरमाथा क्षेत्रमा हेलिकप्टरको व्यवसायिक उडान खुलाएको भन्दै स्थानीय सरकारले आपत्ति जनाएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिकाले एक सूचना जारी गर्दै निकुञ्जको कदमप्रति आपत्ति रहेको जनाएको हो ।

हेलिकप्टर उडानका सन्दर्भमा यस क्षेत्रका नागरिकको चासो, वर्तमान अव्यवस्था अन्त्य गर्न गाउँपालिका, निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, मध्यवर्ती क्षेत्र उपभोक्ता समिति र स्थानीयवासिन्दाको पहलमा हेलिकप्टर उडान व्यवस्थित गर्न गरिएको निर्णय निकुञ्जले तोडेको समेत गाउँपालिकाको भनाइ छ ।

गाउँपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरण र सगरमाथा निकुञ्जको पछिल्लो सूचनाप्रति आपत्ति जनाएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत