बिहिबार, माघ ३, २०८१

सिटिजन्स बैंकको सेयर बिक्रीमा


कान्तिपथ


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयर बिक्री खुला गरेको छ ।

बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०२ रुपैयाँ तोकेको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । 

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज शुक्रबार (पुस २६ गते) बाट ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत