बिहिबार, माघ ३, २०८१

नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आज काठमाडौँमा


कान्तिपथ


काठमाडौं । नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक आज काठमाडौंमा बस्दै छ । नेपालमा उत्पादन भएका वस्तुको निर्यात र व्यापारमा सहजीकरणको मुख्य एजेन्डा रहेको बैठकमा नेपाली पक्षले नेपाल-भारत वाणिज्य र पारवहन सन्धिको पुनरावलोकनसम्मका विषय उठाउने भएको छ ।

पछिल्लो समय भारतले गुणस्तर चिह्नको कारण देखाउँदै नेपाली वस्तुको निर्यातमा अवरोध गरिरहेको छ । सिमेन्ट, जुत्ता, सेनेटरी प्याड जस्ता वस्तुको निर्यात सहज हुन सकिरहेको छैन । त्यसैगरी भारतीय पक्षले भारतमा उत्पादन भएको दुग्ध पदार्थको सहज प्रवेश दिन माग गरेको छ ।

नेपालले कुल वस्तु आयातमध्ये ६४ प्रतिशतभन्दा धेरै भारतबाट गरिरहेको छ । त्यस्तै ६८ प्रतिशतभन्दा बढी वस्तु निर्यात पनि भारतमै हुने गरको छ ।

बैठकमा कृषिजन्य वस्तुको आयात र निर्यातका लागि नेपाली प्रयोगशालादेखि क्वारेन्टाइनसम्मका समस्या हल गर्ने विषयमा छलफल भइरहेको छ ।

अहिले भारतले तेस्रो देशबाट सामान ल्याउन तीन वटा बन्दरगाहको सुविधा दिएको भएपनि नेपालले तेस्रो देश निर्यातका लागि धान्द्रा र मुन्द्रा बन्दरगाहको पनि पहुँच दिन माग गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत