बिहिबार, माघ ३, २०८१
  • गृहपृष्‍ठ
  • अपराध
  • क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ

क्यालिफोर्निया आगलागीमा लुटपाट बढे पछि लगाइयो कर्फ्यु, २० पक्राउ


कान्तिपथ


क्यालिफोर्निया । अमेरिकी राज्य क्यालिफोर्नियामा मंगलबारबाट सुरु भएको आगलागी ५ दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन् । 

शनिबारसम्म पनि पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको आगलागी तातो हावा बहेका कारण थप अगाडी बढने संकेत देखिएको छ । हालसम्म ४० हजार एकडमा फैलिएको सो आगोले २९ हजार एकडलाइ भने पुर्ण रूपमा ध्वस्त पारेको छ । 

पछिल्लो समाचार अनुसार यस आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ । राष्ट्रपति जो बाइडेनले धेरै मानिस अझै बेपत्ता रहेको बताएका छन् भने उद्दार र राहात कार्य सँगसँगै अघि बढाइएको उल्लेख गरिएको छ ।

उता, क्यालिफोर्नियाको सान्ता मोनिका सहरमा आगलागी र लुटपाट तिब्र भएको भन्दै स्थानिय प्रशासनले कर्फ्यू घोषणा गरेको छ, सो लुटपाट र कर्फ्यु उलङघनको आरोपमा हालसम्म २० जना पक्राउ परिसकेकाका छन् ।

उता, लस एन्जलसमा भएको आगलागीका कारण अहिलेसम्म १६ लाख करोड अमेरिकी डलर भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । यहाँको आगलागी केही हदसम्म नियन्त्रणमा आएको छ तर सप्ताहन्तमा फेरि तीव्र हावा चल्ने भएकाले आगो अझै बढन सक्ने जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत