बिहिबार, माघ ३, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई ड्राइभिङ

पोखरामा पहिलो पटक नेपाली प्रशिक्षकद्वारा स्काई ड्राइभिङ


कान्तिपथ


पोखरा । पोखरामा पहिलोपकट नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ सुरु गरेका छन्। 

बिदेशमा स्काई डाइभिङमा काम गरी अनुभव लिइसकेका नेपाली युवाहरूले पहिलाे पटक स्काई डाइभिङ सुरू गरेका हुन । 

यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउँदै आएको भए पनि यसपटक नेपाली टोलीले मात्रै स्काई डाइभिङ गराएको सिम्रिक एअरले जनाएको छ । 

उसका अनुसार सिम्रिक एयर र इन् स्काई डाइभ कम्पनीले पोखरामा शुक्रबार देखी स्काई डाइभिङ सुरु गरेका हुन्, जो २१ जनवरीसम्म जारी रहनेछ ।

यस अवधिमा स्काई डाइभिङ गर्न कम्पनीले भीआईपी र डिलक्स गरी दुई वटा प्याकेज बनाएको र भीआईपीको १ लाख १५ हजार रुपैयाँ र डिलक्सको ९५ हजार रुपैयाँ पर्नेछ  । 

जसअनुसार पोखरा विमानस्थलबाट हेलिकोप्टर उडान गरी पोखरा–२३ लौराकको १३ हजार फिट आकाशबाट डाइभ गर्नेछन्। माथिबाट ड्राइभ गरेका मानिस लौरुकको फाँटमा उत्रिने छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत