आइतवार, माघ २७, २०८१

कुमारी बैंकको माघ २१ गते साधारण सभा


कान्तिपथ


काठमाडौं । कुमारी बैंक लिमिटेडले माघ २१ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव नगरी सभा बोलाएको हो । 

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान ,नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ ।

साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा रहेको छ । 

सभा प्रयोजनका लागि बैंकले माघ ११ गते बुक क्लोज गर्ने भएको छ ।

तसर्थ, माघ १० गतेसम्म सेयर खरिद गरी कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।

सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत