आइतवार, माघ २७, २०८१

लस एन्जल्स आगलागी, २४ जनाको मृत्यु, १६ बेपत्ता


कान्तिपथ


काठमाडौँ । अमेरिकाको लस एन्जलसमा लागेको आगलागीबाट मृत्यु हुनेको संख्या अहिलेसम्म २४ पुगेको छ । बिबिसीका अनुसार आगलागीमा १६ जना बेपत्ता रहेका छन् ।

आगो आवासीय क्षेत्रहरूमा फैलिन नदिन अग्निनियन्त्रकहरूले सक्दो प्रयास गरिरहे पनि आगो नियन्त्रणमा लिन सकिरहेका छैनन् ।

पालिसेड्सको आगो रोक्नको लागि हवाई टोलीले आकाशबाट पानी छर्किरहेका छन् । प्यालिसेड्सको आगो ३७ हजार एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको छ र अब ब्रेन्टवुडतर्फ सरिरहेको छ ।

अर्कोतर्फ, पानीको अभावका कारण जनतामा बढ्दो आक्रोश देखेर अधिकारीहरू रक्षात्मक मोडमा देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । यसैबीच रातमा हावा तीव्र हुन सक्ने सम्भावना रहेको मौसम विभागले चेतावनी दिएपछि आगो अझ तीव्र हुन सक्ने देखिएको छ ।

राष्ट्रिय मौसम सेवाले चेतावनी दिदै आगोलाई बढावा दिने बलियो सान्ता आना हावा शनिबार र आइतबार फेरि तीव्र हुन सक्ने बताएको छ ।

क्यालिफोर्नियाका सात छिमेकी राज्यहरू र संघीय सरकारले आगलागी नियन्त्रण गर्न सहयोग पठाएका छन् । छिमेकी देशहरू क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन् ।

अमेरिकी इतिहासकै ठुलो आगलागी विपद बेहोरिरहेको ल्स एन्जल्समा लुटपाटका घटना पनि देखिएको रिपोर्टमा उल्लेख छ । प्रहरीले अहिलेसम्म लुटपाटमा संलग्न २९ जनालाई हिरासतमा लिएको जनाएको छ भने सुरक्षका लागि एक हजारभन्दा बढी सुरक्षकर्मी परिचालन गरिएको रिपोर्टमा बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत