आइतवार, माघ २७, २०८१

अमेरिकी डलरको भाउ ऐतिहासिक विन्दुमा स्थिर रहँदा युरो घट्यो


कान्तिपथ


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको कारोबार स्थिर रहेको छ ।

सोमतबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि आइतबार पनि यसको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।


आज युरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ६२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ २३ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ७९ पैसाले घटेको छ । यसअघि आइतबार यूरोको खरिददर १४१ रुपैयाँ ४० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ०२  पैसामा कारोबार भएको थियो ।  

यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६८ रुपैयाँ २९ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ १६ पैसा र बिक्रीमा ९५ रुपैयाँ ५८ पैसा रहेको छ । 


उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३० पैसा तथा बिक्री दर ९ रुपैयाँ ३५ पैसा कायम गरेको जनाइएको छ । 


उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ३० रूपैयाँ ६६ पैसा कायम गरेको छ ।


यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। 
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत