आइतवार, माघ २७, २०८१

मधेस केन्द्रित दलले मोर्चा गठन गर्दै


कान्तिपथ


काठमाडौं । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठनको तयारीलाइ तिब्रता दिएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने देखी संसद बाहिर रहेका तराइ मधेस केन्द्रित दलले मोर्चा गठन गर्ने तयारी गरेका हुन ।

जसअनुसार मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा पहिलो पटक संयुक्त कार्यदलको बैठक बस्दैँछ ।

साे बैठकमा अशाेक राइ नेतृत्वकाे जनता समाजवादी पार्टीवाट रेणु यादव र इस्तियाक राई सहभागी हुने छन भने उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपालवाट राजकिशोर यादव सहभागी हुनेछन् ।

उता, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल तथा सुरेन्द्र झा सहभागी रहने छन भने जनमत पार्टीवाट अब्दुल खान र शरद यादवको प्रतिनिधित्व रहनेछ ।

यसैगरी, संसद बाहिर रहेका दलहरू मध्ये जन प्रगतिशील पार्टीवाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झाको प्रतिनिधित्व रहनेछ भने तराइ मधेस लोकतान्त्रिक पार्टीवाट वृषेश चन्द लालले उपस्थित जनाउने छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत