आइतवार, माघ २७, २०८१

लस एन्जलसको आगो निभाउन कैदी परिचालन, सजाय माफ हुने


कान्तिपथ


वासिंगटन डिसी । क्यालिफोर्निया र लस एन्जलसको जङ्गलमा फैलिएको आगो समयसँगै झन् तीव्र बन्दै गएको छ । 

 आगलागीका कारण अहिलेसम्म २४ जनाको मृत्यु भइसकेको छ । लाखौं प्रयासको बाबजुद जो बाइडेन प्रशासन यो आगो निभाउन असफल भइरहेको छ। यसको मुख्य कारण यतिबेला अमेरिकामा आएको हिउँ आँधीका कारण चलिरहेको तीव्र हावालाइ मानिएको छ ।

अर्कोतर्फ आगो निभाउने कामलाई तीव्रता दिन क्यालिफोर्निया र लस एन्जलसका जेल विभागहरूले बम्पर प्रस्ताव ल्याएका छन्। आगो निभाउन दमकललाई सहयोग गर्ने कैदीको सजाय घटाउने योजना बनाइएको छ । हरेक दिन आगो निभाउन सहयोग गरे बापत सजाय दुई दिन घटाउने सम्झौता भएको छ । साथै, तलब पनि छुट्टै दिइनेछ।

जसअनुसार कैदीहरूले अग्नि विभागसँगै लस एन्जलसमा कन्टेनमेन्ट लाइन खन्ने गरेको देखिएको छ भने क्यालिफोर्नियाको सुधार र पुनर्वास विभागका अनुसार अहिले जम्मा ९३१ कैदीहरू जङ्गलमा लागेको आगो निभाउन २४ घण्टा काम गरिरहेका छन् । क्यालिफोर्नियाको विनाशकारी जंगली आगोको फैलावटलाई ढिलो गर्न फायर लाइनहरू काट्दै र संरचनाहरू पछाडिबाट इन्धन हटाउने काम भइरहेको छ ।

कैदीहरूको क्षमताको आधारमा उनीहरूलाई क्यालिफोर्निया र लस एन्जलसको जंगलमा लागेको आगो निभाउनको लागि प्रति दिन ५.८० डलर देखि १०.२४ अमेरिकी डलर भुक्तानी गरिन थालिएको छ । आपतकालीन सेवाहरूमा तोकिएको खण्डमा कैदीहरूले प्रति घण्टा थप १ डलर कमाउन सक्नेछन् । धेरैजसो कैदीहरूलाई आगो निभाउन मद्दत गरेकोमा २ का लागि १ क्रेडिट दिइन्छ। 

जसको अर्थ कैदीहरूले आगो निभाउनको लागि आपतकालीन सेवाहरूमा काम गर्ने हरेक दिनको लागि आफ्नो सजाँयबाट दुई दिन थप छुट पाउन सक्छन्। 

यस बाहेक सहयोगी कर्मचारीले १ क्रेडिटको लागि १ प्राप्त गर्नेछन्। जहाँ एक दिन काम गरेमा मात्र एक दिनको सजाय माफ हुनेछ। 

क्यालिफोर्नियाको सुधार र पुनर्वास विभागका सचिव जेफ म्याकोम्बरले भने, ‘जङ्गलमा लागेको आगो क्यालिफोर्नियाका लागि ठूलो चुनौती हो, दमकल विभाग आगो निभाउन पूर्ण रूपमा समर्पित छ, हाम्रा कैदीहरू अग्नि नियन्त्रक र कर्मचारीहरूसँग मिलेर गरिरहेको काममा हिस्सा लिइरहेका छन् ।’
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत