आइतवार, माघ २७, २०८१

नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित


कान्तिपथ


काठमाडौं । अभ्यास खेलमा नेपाल ९ रनले पराजित भएको छ। 

यु–१९ महिला विश्वकपको पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल ९ रनले पराजित भएको हो ।

मलेसियाको कोलेज टुएन्कु जाफर मैदानमा सोमबार वेस्ट इन्डिजले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा १०० रनमात्र जोडन सफल भएको छ ।

नेपालका लागि सीमाना केसीले २३, कप्तान पूजा महतो र किरणकुमारी कुँवरले समान १८ तथा सोनी पाख्रिनले १५ रन बनाए भने वेस्ट इन्डिजका लागि अमिया गिल्बर्ट, आलिया विक्स र त्रिशा हर्डाटले समान दुई तथा केनिका क्यासरले एक विकेट लिएका थिइन् ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १०९ रनको योगफल तयार पारेको थियो ।

अब नेपालले दोस्रो तथा अन्तिम अभ्यास खेलमा बुधबार अमेरिकाको सामना गर्नेछ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत