आइतवार, माघ २७, २०८१

यी हुन नेपाल सरकारले जारी गर्न खाेजेका ५ अध्यादेश


कान्तिपथ


काठमाडौं । नेपाल सरकारले ५ वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेललाइ सिफारिस गर्ने भएको छ ।

गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिएका छन ।

उनका अनुसार चाँडै राष्ट्रपति पौडेलले ती अध्यादेश प्रमाणीकरण गरे पछि कानुन सरह लागु हुनेछन् ।

सरकारले निर्णय गरेका ५ अध्यादेशः

१. सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनालाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

२. आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

३. आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

४. निजीकरण ऐन २०५० लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 

५. भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी सर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत