आइतवार, माघ २७, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • हिउँदे अधिवेसनमा सरकारले नागरिकता र प्रहरीसहित ३ बिधेयक पेश गर्ने

हिउँदे अधिवेसनमा सरकारले नागरिकता र प्रहरीसहित ३ बिधेयक पेश गर्ने


कान्तिपथ


काठमाडौं । सरकारले तीनवटा बिधेयकलाई संसदमा पेश गर्ने निर्णय गरेको छ ।

 गत पुस २६ गते बसेको मन्त्रीपरिषद बैठकले तीनवटा बिधेयक संसदमा पेश गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सुचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । 

 उनका अनुसार हिउँदे अधिवेसनमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र सशस्त्र प्रहरी बल, नेपाल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृत दिने निर्णय भएको छ ।
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत